ईलाका प्रहरी कार्यालय गुलरिया १० नम्बर चौकीका प्रहरी हवल्दारले स्थनीय एक युवकलाई निर्घात कुटपिट गरेका छन् । गुलरिया नगरपालिका १ सघाहापुर निवासी २७ वर्षीय दिनेश यादवलाई प्रहरी हवल्दार टेकबहादुर चन्दले निर्घात कुटपिट गरेका हुन् ।
शम्भुशरण माध्यमिक विद्यालय खैरापुरका शिक्षक विश्वम्भर यादवका अनुसार युवक बिहान भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतीय प्रहरी सीमा सुरक्षावल (एसएसबी) क्याम्पमा दूध बेच्न जाने क्रममा मोटरसाइकलबाट ओराली असई भूमी चन्दले दुई झापड लगाएपछि हवल्दार टेकबहादुर चन्दले चौकी भित्र लगी पर्खालमा टाउको ठोक्काई ठोक्काई कुटपिट गरेका थिए । हवल्दार चन्दले बाइक कुदाउदा हेल्मेट नलगाएको भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
दिनेशका छिमेकी समेत रहेका शिक्षक विश्वम्भरले थपे ‘हेलमेट नलगाएको भन्दै प्रहरीले पिटेका हुन् यदि कानून उल्लंघन गरेको भए कानूनी कारवाही गर्नुपथ्र्यो ।’ कुटपिटपछि चौकी वाहिर ल्याएर छाडीदिएको उनले बताए । सुरक्षाकर्मीको रवैयाले असुरक्षित भएकोमा उनले चिन्ता व्यक्त गरे ।
घाइते यादवलाई थप उपचारका लागि जिल्ला अस्पताल बर्दियाले नेपालगञ्ज सिफारिस गरेको छ । ‘चेकचाँज पश्चात छाडिदिनु पर्ने हो त्यसरी कुटपिट गर्न नहुने हो’, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर वोहोराले भने, ‘घटनाका बारेमा हामीले अनुसन्धान गर्दैछौ ।’ उनले थपे, ‘यदि घटना वास्तविक पुष्टि भए कारबाही गर्छौ ।’अन्नपूर्णपोस्ट
हेल्मेट नलगाएको भन्दै एक युवाको टाउको नै फुटाइ दिए प्रहरी हल्दारले
Written By AnswerFeeds on Thursday, August 24, 2017 | 3:09 AM

|
Related Hot & Sexy Videos :

Shobha Tamang Kuwait Home Worker Ex...

Gaurika Singh, Olympian and Garima ...
Gorkha Community Filed a case again...

पोखरामा लाइट हेलिकप्टरले ‘ट्याक्सी’...

दम्पतीको यौन भिडियो बाहिरिएपछि YouT...

धुर्मुस सुन्तलीलाई देश निकाला गर्नु...

Corrupt traffic police charging wit...

Another scandal of Comred Prachanda

Latest news of Prachanda, Pushpa Ka...

After the phone number 100 bus pass...
Labels:
Nepal News,
News
Post a Comment